२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

चीनमा नेपाली फोटो पत्रकारको फोटो प्रदर्शनी

चीनमा नेपाली फोटो पत्रकारको फोटो प्रदर्शनी

चीन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको बेन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीन मैत्री सङ्घको सहकार्यमा हिम शृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो ।

उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटो पत्रकारले खिचेका मनमोहक पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब १०० तस्विरहरु सान्तोङ प्रान्तका विभिन्न शहरमा एक महिनासम्म प्रदर्शनीमा राखिनेछ ।

सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रदर्शनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको हो । उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उपप्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) र बेन्जाओ फोटोग्राफर एसोसिएसनबीच सांस्कृतिक तथा व्यावसायिक फोटोग्राफी सहकार्य गर्ने सम्झौता आदानप्रदान गरिएको थियो ।