न्यूयोर्क सिटीको संस्कृति र परम्परा साझा गर्दै मेयर एरिक एडम्स
- २७ मंसिर २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क : न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले संस्कृति र परम्पराहरू साझा गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। मेयर एरिक एडम्सले शुरु गरेको Breaking Breads Building Bonds नामक प्रोजेक्टले न्यूयोर्क शहरको विविधता बोकेर न्यूयोर्कबासीलाई साझा सम्भावनाहरूको बारेमा जान्न, संस्कृति र परम्पराहरू साझा गर्न र समुदायहरू बीचको दूरीलाई तोड्न महत्त्वपूर्ण भूमिका खेलेको हो।
२०२३ मा नेपाली समुदायका चिर परिचित समाजसेवी, College Point Civic Tax Payer Association अध्यक्षनवराज केसीको विशेष पहलमा ज्याक्सन हाईटस्थित तत्कालिन बाम्बू हाउसमा क्विन्स बोरोलाई लक्षित गरि सो कार्यक्रम चलाइएको हो। दिलकुमारी स्मृति प्रतिष्ठानसमेत रहेका अध्यक्ष केसीको पहलमा दक्षिण एसियाली समुदायहरूलाई लक्षित गरि कार्यक्रम गरेका छन्।
December 1 , 2024 को दिन ज्याक्सन हाईटस्थित एवेरेस्ट सेन्टरमा केसीको संयोजनमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो। सो कार्यक्रम मेयरको अफिसबाट प्रतिनिधित्व गर्दै सूकरानी धनपतले विभिन्न समुदायका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै Breaking Breads Building Bonds कार्यक्रमले न्यूयोर्कवासीको पृष्ठभूमिको पर्वाह नगरी एकताबद्ध गर्न आपसमा समझदारी निर्माण गर्न, पूर्वाग्रह, घृणा र भेदभाव अन्त्य गर्ने लक्ष्य बोकेर हिँडिरहेको यो कार्यक्रमले हेट क्राईम रोकथाममा पनि ठूलो भूमिका खेलेको बताइन्।
संसारका विभिन्न क्षेत्रबाट आई न्यूयोर्कमा बसोबास गर्ने न्यूयोर्कवासीहरुबीच आपसी सद्भाव, भाइचारा र आपसी सहयोगको पुल बाँध्ने उद्देश्य लिएको यो प्रोजेक्टले न्युयोर्कमा कम्तीमा पनि १० जनाको समूहलाई सम्बोधन र खानको व्यवस्थासमेत हुने गरि एक हजार कार्यक्रम गर्ने लक्ष्य लिएको जनाइएको छ।
बेगम पण्डित, न्युयोर्क सम्वाददाता