१७ बैशाख २०८२, बुधबार
30 April 2025, Wednesday

क्यालिफोर्नियाको नगर परिषद् सदस्यमा विजयी भट्टराईले गरे सपथ ग्रहण,२०२८ मा स्वत: नगर प्रमुख हुने

क्यालिफोर्नियाको नगर परिषद् सदस्यमा विजयी भट्टराईले गरे सपथ ग्रहण,२०२८ मा स्वत: नगर प्रमुख हुने

न्युयोर्क : अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलिस शहरका योजना आयुक्त डिल्ली भट्टराईले नगर परिषदको पदको सपथ ग्रहरण गरेका छन्। हर्कुलिस शहरका लागि नगर परिषदमा विजयी भएका भट्टराईले गत डिसेम्बर १० मंगलबारका दिन सपथ ग्रहण गरेका हुन्।

उनी सन् २०२५-२०२६ का लागि नगर परिषद् सदस्य (काउन्सिल मेम्बर), २०२७ मा उप नगर प्रमुख( उप मेयर) र २०२८ का लागि नगर प्रमुख( मेयर)को रुपमा सेबारत रहने गरि सपथ ग्रहण गरेका हुन्। उनी नगर प्रमुख बन्ने अमेरिकी इतिहासमा पहिलो नेपाली मूलका नागरिक हुन्। गत नोभेम्बर ५ का दिन अमेरिकी आमनिर्वाचनमा ४ जना उम्मेदवारमध्ये उनी दोस्रो स्थानमा पर्न सफल भएका थिए।

नोभेम्बर ५ मा सम्पन्न आम निर्वाचनमा शानदार रुपमा निर्वाचित भट्टराई, चार वर्षे कार्यकालका मध्ये सन् २०२५-२०२६,नगर परिषद सदस्य ( काउन्सिल मेम्बर), २०२७ मा उप नगर प्रमुख (डेपुटी मेयर), र २०२८ का लागि नगर प्रमुख (मेयर)को रुपमा सेबारत रहने गरि मंगलबार साँझ हर्कुलस शहरको सभाकक्षमा विशेष समारोहमा सपथ लिएका हुन्।

यससँगै अब उनलाई क्यालिफोर्निया राज्यस्तरका माथिल्ला जिम्मेवारीका लागि पनि ढोका खोलिएको छ। डेमोक्र्याटिक दल र स्थानीय तहमा उनको लोकप्रियता र बलियो पकडले भावी निर्वाचनमा क्यालिफोर्निया राज्यसभासदका बलियो उम्मेदवारका रुपमा हेरिन थालिएको राजनितिक विश्लेषकहरूको भनाई छ।

भट्टराई क्यालिफोर्निया राज्यमा लामो समयदेखि बस्दै आएका नेपाली मूलका सक्रिय र विभिन्न संघ/संस्थामा आबद्ध सामाजिक अभियन्ता हुन्। भट्टराई उम्मेदवार हुँदा उक्त नगरका पाँच जना नगर प्रमुख तथा उप प्रमुखसहित सबै नगर परिसद सदस्यहरुले अनुमोदन गरेका थिए।