२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

रवि लामिछानेको म्याद सातौँ पटक थप, अझ पाँच दिन प्रहरी हिरासतमा रहने

रवि लामिछानेको म्याद सातौँ पटक थप, अझ पाँच दिन प्रहरी हिरासतमा रहने

काठमाडौं- सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मामिलामा विभिन्न पाँच जिल्लामा आरोप खेपेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीले भने, “म्याद थपबाहेक लामिछानेको आवश्यक स्वास्थ्योपचार गर्न र त्यसको प्रतिवेदन बुझाउन, उनको मानव अधिकार हनन हुने कुनै काम नगर्न-नगराउन समेत आदेश भएको छ।”

राजधानीबाट पक्राउ गरेर कास्कीको पोखरा लगिएयता ५६ दिनदेखि लामिछाने प्रहरी हिरासतमा छन्। यससमेत उनको सातौँ पटक म्याद थपिएको हो।

उनलाई कास्की प्रहरीले बिहीवार थप नौ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतसामु अनुमति मागेको जनाएको थियो।