२ असार २०८२, सोमवार
16 June 2025, Monday

रवि लामिछानेविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउन प्रहरीको सिफारिस

रवि लामिछानेविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि “सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित” मामिलामा कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

कास्की प्रहरीका प्रवक्ता वसन्त कुमार शर्माले आफूहरूले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण तीनवटै कसुरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको बताए।

“हामीले आफ्नो अनुसन्धान प्रतिवेदनका साथै विभिन्न निकायहरूबाट प्राप्त अनुसन्धानलाई सघाउने दस्तावेजहरूपनि सरकारी वकिल कार्यालयमा बुझाएका छौँ,” उनले भने।

“हामीले कसुरअनुसारको सजाय हुनुपर्छ भनेका छौँ। सहकारी ठगी, सङ्गठित अपराध, अनि सम्पत्ति शुद्धीकरणमा सजाय हुनुपर्ने मागदाबीसहित अभियोग दर्ता गरेका छौँ,” उनले भने।