अमेरिकाको एक विद्यायलमा गोली चल्दा संदिग्धसहित तीन जनाको मृत्यु
- ०२ पुस २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ। गोली लागेर ६ जना घाइते भएका छन्।
म्याडिसनस्थित एम्बुडेन्ट लाइफ क्रिश्चियन विद्यालयमा गोली प्रहारको घटना भएको हो। घाइते ६ मध्ये दुई विद्यार्थीको अवस्था गम्भीर बीबीसीले जनाएको छ।
मृत्यु हुनेमा एक जना शिक्षक र १७ वर्षीया छात्रा छन्। गोली चलाउने व्यक्ति सोही विद्यालयका छात्र रहेको र उनी पनि मारिएको बताइएको छ। प्रहरी घटनास्थलमा पुग्नुअघि नै उनको मृत्यु भएको बताइएको छ।
उनले गोली किन चलाए भन्ने खुल्न बाँकी रहेको र छानबिन सुरू गरिएको प्रहरीले जनाएको छ। छानबिनका लागि केन्द्रीय र स्थानीय प्रहरी सहित एफबीआईको टोली समेत खटेको बताइएको छ।
उक्त विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन्।