‘रवी लामिछानेको मुद्धालाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउनु पर्छ’
- ०२ पुस २०८१
- २ मिनेटको पढाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले रवी लामिछानेको मुद्धा जसरी भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुसिएका आरोपीहरुमाथि कारबाही हुनुपर्ने बताएकी छन् ।
मंगरबार ललितपुर महानगरपालिकाको १०६ औं वार्षिकोत्सवको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले रवी लामिछानेको मुद्धामा गम्भिरताका साथ लागेको भन्दै यति संवेदनशिल भ्रष्टाचारका मुद्धामा पनि देखाउने हो भने आज देशले अर्कै निकाश पाउने बताईन् ।
उनले भनिन्, ‘अहिले रवी लामिछानेको मुद्धामा जति गम्भिरताका साथ लागिएको छ यति नै संवेदनशिल भएर भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुसिएका आरोपीहरु माथि कारबाही र अनुसन्धान गर्ने हो भने आज देशले अर्कै निकाश पाएको अवस्था हुन्थ्यो ।’
यस्तै, उनले देशमा यो बाहेक अन्य थुप्रै महत्वपूर्ण मुद्धाहरु रहेको भन्दै जनताका मुद्धाहरु सम्बोधन गर्नको लागि पनि यसलाई छिटो समाधान गर्नुपर्ने बताईन् ।
उनले भनिन्, ‘प्रहरीले निर्धक्क भएर अनुसन्धान गर्नु भए हुन्छ तर त्यो प्रमाण अदालतमा प्रस्तुत गर्नुपर्यो नि, यसलाई छिटोभन्दा छिटो अदालतमा लगेर समाधान तर्फ जानु पर्छ । जनताको मुद्धाहरु हेर्नको लागि पनि यसलाई छिटो समाधान गर्नुपर्छ । अदालतका विगतमा भएका निर्णयहरु पनि हामील स्विकार गरेका नै छौ तर यो कुरा अदालतमा नै पुगेको छैन् भने हामी पूर्वाग्रही भएर टिप्पणी गर्न मिल्छ जस्तो लाग्दैँन् ।’
राजनैतिक प्रतिशोधका कारण नै यो मुद्धा चलिरहेको भन्दै विश्वभरको ध्यान यसमा हुदाँ न्यायीक प्रक्रियामाथि नै प्रश्न उठ्न सक्ने पनि उनको भनाई छ ।
उनले भनिन्, ‘यस विषयमा अहिले नै बोली हाल्न हतार हुन्छ, पहिला के हुन्छ हेरौं । हामीलाई न्यायीक प्रक्रियामा विश्वास छ भनिरहेका छौ । तर राजनैतिक प्रतिशोध कुन हदसम्म गईरहेको छ तपाईहरुले देख्नु नै भएको छ । एउटा कपाल जतिको पनि प्रमाण भेटिएको छैन् । एउटा सानो मात्र प्रमाण हुन्थ्यो भने यीनिहरुले छोड्दैन् थिए । ६० दिनसम्म हल्लाएर राख्दैँनन् थिए, देशभर घुमाएका छन्, अदालत पुग्न पाएको छैन्, म्याद मात्र थपिएको छ । विश्वभरको ध्यान यसमा छ, यसले हाम्रो न्यायीक प्रक्रियामाथि कस्तो प्रभाव परिरहेको होला ।’