२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

एमजनका हजारौँ कामदार उत्रिए हड्तालमा, चार राज्यका ७ स्थानमा फैलिने

एमजनका हजारौँ कामदार  उत्रिए हड्तालमा, चार राज्यका ७ स्थानमा फैलिने

न्युयोर्क- अमेरिकाको टिमस्टर्स नामक युनियनका सदस्यहरूले एमजनविरुद्ध हड्ताल सुरु गरेका छन्। यो अमेरिकाका विभिन्न चार राज्यका ७ स्थानमा फैलिने बताइएको छ । टिमस्टर्सले ७ हजार कामदारको प्रतिनिधि आफू भएको बताएको छ। तर, त्यो एमजनको कामदार संख्याको १ प्रतिशतभन्दा कम हो।

सो संगठनले एमजनको लोभका कारण हड्ताल गर्नुपरेको बताएको छ। क्यालिफोर्निया, न्युयोर्क, इलिनोइ र जर्जियामा हड्तालको असर पर्नेछ।

एमजोनले युनियन खोल्न नदिने नीति अख्तियार गर्दै आएको छ। त्यसैले छुट्टीको समय नजिकिँदै गर्दा सो युनियनले एमजनमाथि दबाब बढाउन हड्ताल आयोजना गरेको हो। एमजनले यसबारे टिमस्टर्ससँग सम्झौता गर्ने कुनै संकेत गरेको छैन।