२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने भाष्य गलत : मन्त्री भण्डारी

खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने भाष्य गलत : मन्त्री भण्डारी

काठमाडौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिहं भण्डारीले घरेलु कामदार रुपमा खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित श्रमिकहरुको सुनुवाइ कार्यक्रममा बोल्दै उनले घरेलु कामदारका रुपमा काम गर्ने धेरैको राम्रो अवस्था रहेको भएतापनि खाडीमा सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण हुनु उचित नरहेको बताए ।

उनले भने,‘घरेलु कामदारको विषयमा जुन भाष्य परिभाषित गरिएको छ । जे कुरामा पनि सकारात्मक र नकारात्मक दुबै कुरा हुन्छन् । तर नकारात्मक कुरालाई मात्र किन अगाडि ल्याउने ? १०–२५ वर्ष नै घरेलु कामदारका रुपमा रहेकाहरुको अवस्था राम्रो पनि छ नि । धेरै सङ्ख्यामा राम्रो नै भएको देखेको छु ।

नेपालमा चाँही सबै दिदी बहिनीहरुको अवस्था राम्रो छ त ? काठमाडौंमा पनि केही ठाउँको केही घट्नालाई हेरे खाडीमा सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने खालको भाष्य कत्तिको उचित हुन्छ ? फर्केर आएका महिलालाई पनि यसले बदमासी ग¥यो होला भन्ने खालको भाष्य अनि कसरी समाज बन्छ ।’

उनले वैदेशिक रोजगारमा जाने नेपालीहरुले सिप र ज्ञान सिकेर नजाँदा धेरै दुख पाइरहेको अवस्था रहेको पनि बताए ।