१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ

न्युयोर्क। मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ ।

“मङ्गोलियाको कम्तीमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,” मौसम एजेन्सीले जनाएको छ । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी छ ।

मङ्गोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशक यताकै सबैभन्दा ठुलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आएको र लाखौं पशुधनको क्षति भएको थियो ।

यस हिउँदमा, एसियाली देशका अधिकांश भागमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् ।