१६ बैशाख २०८२, मङ्लबार
29 April 2025, Tuesday

‘शेख हसिनालाई भारतबाट फिर्ता लैजाने बाङ्लादेशको पहिलो प्राथमिकता’

‘शेख हसिनालाई भारतबाट फिर्ता लैजाने बाङ्लादेशको पहिलो प्राथमिकता’

न्युयोर्क- बाङ्लादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतले फिर्ता लैजानुलाई आफ्नो पहिलो प्राथमिकता भनेको छ।

अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

शफिकुल आलमले भनेका छन्, ‘सरकारले बाङ्लादेशको कानून अनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको छ।’ बाङ्लादेशले भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ।

बाङ्लादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले हालै हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको बताएका थिए।

बाङ्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना अगस्ट ५ देखि भारतमा शरण लिएर बसेकी छिन्। भारतको विदेश मन्त्रालय पनि बाङ्लादेशको उच्चायोगबाट सुपुर्दगी अनुरोध प्राप्त गरेको जानकारी दिएको छ। एजेन्सी