७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

किरात याक्थुङ् चुम्लुङ् अमेरिका द्वारा चासोक तङ्नाम २०२४ सम्पन्न

किरात याक्थुङ् चुम्लुङ् अमेरिका द्वारा चासोक तङ्नाम २०२४ सम्पन्न

न्युयोर्क- कियाचु अमेरिकाद्वारा २२डिसेम्बर २०२४ का दिन आयोजित चासोक् तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव घन योङ्हाङ् र दोश्रो खण्ड संस्थाका पूर्व अध्यक्ष दिपेस् चबेगु ज्युले संचालन गरेका थिए।

कियाचु अमेरिकाका अध्यक्ष दिपक थेवेको अध्यक्षतामा संचालित कार्यक्रममा अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिका कानुनी सल्लाहकार श्री दुर्गा सुब्बा मेन्यङ्बो ज्युको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कोलम्बिया युनिभर्सिटी अमेरिकाका प्रोफेसर डा.प्रेम फ्याक विशेस अतिथिको रुपमा उपस्थित थिए। साथै कियाचु अमेरिकाका तुम्यहाङहरु मदन सम्बहाम्फे,केशर माङ्देन,प्रेम मेन्यङ्बो,पुष्पलता थाम्सुहाङ्,बिमला पोमु र कर्ण योङ्हाङ्हरुको उपस्थितिमा सम्पन्न भएको थियो।

बलिदान र योगदानले नेपालको राष्ट्रीय विभुतिको रुपमा रहेका विभुतिहरुको तस्विरमा माल्यार्पण गरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रीय गानको प्रस्तुति पश्चात संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देनले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए।

कियाचु अमेरिकाका विभिन्न तहमा रही मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याएका पुस्पलता थाम्सुहाङ् , सरस्वती कन्दङ्वा, ममता सुब्बा लाबुङ् ,पूर्ण खिम्दिङ् , केबी थेवे,सुबास हुक्पा चोङ्बाङ्, बिष्णु चोङ्बाङ्,पुरन लिम्बु,गजेन चेम्जोङ्,लीला सिङ्गक,बिमल चेम्जोङ, प्रेम मेङ्याङ्बो,सिभ लाबुङ,भिमा देवान,भिम मादेम्बा,कुबेर वनेम,बिरेन्द्र्हाङ लाबुङ,रिना थाम्सुहाङ् , बिजेता थेवे,रुपा याखा,प्राची लिम्बु बिसुङ्खे,निर्मला कन्दङ्वा हुक्पा चोङ्बाङ् ,शसिकला मोक्तान, रिन्जी डोल्मा शेर्पा,नवाङ शेर्पा,एलिसा लिम्बु लगायतलाइृ योगदानको कदर स्वरुप प्रमुख अतिथि, विशिष्ट अतिथिहरु मार्फत सम्मान पत्र प्रदान गरि अभिनन्दन गरिएको थियो ।

चासोक् तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दिपक थेवेले चासोक् तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्ने संस्थाका सम्पुर्ण पदाधिकारीहरु, प्रायोजक , प्रमुख अतिथि , विशिष्ट अतिथिहरु, अतिथि , संचारकर्मी, मिठो खाना बनाउने सस्थाको कोषाध्यक्ष निर्मला कन्दङ्वा हुक्पा चोङ्बाङ प्रती गराईदिने लगायतलाइृ धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए।

त्यस्तै दोश्रो खण्डको कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं कियाचु अमेरिकाका तुम्याहाङ प्रेम मेङ्याङबोको नेतृत्वमा र संस्थाका रुपा याक्खा, लिला सिङ्गक, धन योङ्हाङ् ,पुस्पलता थाम्सुहाङ् र सुबास चोङ्बाङ् र सरस्वती कन्दङ्वा, बिष्णु चोङ्बाङ,सुर्य लिङ्देनहरुको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक केलाङ (च्याब्रुङ नाच ) यालाङ (धान नाच) र हाक्पारे ,रैथाने ख्यालीप्रस्तुत गरिएको थियो ।

ममता सुब्बा लाबुङ, भिमा देवान गायक भिम मादेम्बा , प्राची लिम्बु बिसुङ्खे ,रेमोस अधिकारी,राम सोदेम्बा र बिरेन्दहाङ लाबुङ लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।