२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सन् २०२४ मा स्पेन जाने क्रममा १० हजार ४५७ आप्रवासीको मृत्यु

सन् २०२४ मा स्पेन जाने क्रममा १० हजार ४५७ आप्रवासीको मृत्यु

न्युयोर्क- सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार ४५७ आप्रवासीको मृत्यु वा वेपत्ता भएको एक गैरसरकारी संस्थाले  जनाएको छ ।

सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ५ सम्मको अवधिमा स्पेन जाने क्रममा हताहत (मृत्यु वा वेपत्ता) आप्रबासीको सङ्ख्या अघिल्लो बर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले वृद्धि भएको आप्रवासी अधिकार समूह (क्यामिनान्डो फ्रन्टेरास भनिने वाकिङ बोर्डर्स)ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ मा १८ जनाको मृत्यु भएकोमा सन् २०२३ मा दैनिक औसत ३० जनाको मृत्यु हुने गरेको छ । यो समूहले समस्यामा परेका जहाजमा रहेका आप्रवासीका लागि बनाइएका हटलाइन, बेपत्ता भएका आप्रवासीका परिवार र आधिकारिक उद्धार रिपोर्टबाट तथ्याङ्क सङ्कलन गर्छ ।

यसले कमजोर डुङ्गाहरूको प्रयोग र बढ्दो खतरनाक मार्गहरूको साथसाथै समुद्री उद्धार सेवाहरूको अपर्याप्त क्षमताको कारण मृत्युमा वृद्धि भएको आरोप लगाएको छ ।