१६ बैशाख २०८२, मङ्लबार
29 April 2025, Tuesday

पूर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधन

पूर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधन

न्युयोर्क- भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उनको निधन भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

बिहीबार राति उनको स्वास्थ्य अचानक बिग्रिपछि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन् ।

यसैबीच उनको निधनसँगै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्य समिति बैठक रद्द गरिएको छ। कांग्रेस नेता राहुल गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन् ।

अहिले एम्स बाहिर सुरक्षा बढाइएको छ भने कांग्रेस नेतृ प्रियंका गान्धी एम्स पुगेकी छिन् ।