भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री मोदीले दिए श्रद्धाञ्जलिS
- ११ पुस २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेता तथा सर्वसाधारणले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले एक्स (पहिले ट्विटर) मा लेख्दै भनेका छन्, “भारतले आफ्नो सबैभन्दा सम्मानित नेतामध्ये एक डा. मनमोहन सिंहलाई गुमाएको छ ।”
उनले मनमोहन सिंहको साधारण पृष्ठभूमिबाट सुरु भएको यात्राले उनलाई सम्मानित अर्थशास्त्रीको रुपमा स्थापित गरेको भन्दै प्रशंसा गरेका छन् ।
मोदीले थप लेखेका छन्, “डा. सिंहले वित्तमन्त्रीदेखि प्रधानमन्त्रीसम्म महत्वपूर्ण भूमिकामा रहेर देशको सेवामा ठूलो योगदान गर्नुभयो । प्रधानमन्त्रीका रुपमा उहाँले जनताको जीवनस्तर सुधार्न अथक प्रयास गर्नुभयो । संसदमा उनको विचारशील हस्तक्षेप सधैं सम्झनलायक रहनेछ ।”