जापानको औसत तापक्रम उच्च हुने सम्भावना
- १४ पुस २०८१
- १ मिनेटको पढाई
टोकियो- जापानको औसत तापक्रम लगातार दोस्रो वर्ष रेकर्ड उच्च हुने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
जापानको मौसम विज्ञानले जारी गरेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै दिइएको जानकारी अनुसार नोभेम्बर महिनाको औसत तापक्रम सन् २०२० सम्मको ३० वर्षको अवधिको वार्षिक औसतभन्दा १.६४ डिग्री सेल्सियस बढी रहेको थियो ।
देशको मौसम एजेन्सीले सन् १८९८ मा तथ्याङ्क जारी गर्न थालेदेखि रेकर्ड गरिएको औसत तापक्रम यताकै उच्च स्तरमा पुगेको छ ।
‘तापमान असामान्य रूपमा उच्च थियो भनेर भन्न सकिन्छ,’ जापान मौसम विज्ञान एजेन्सी (जेएमए) अधिकारीले भने ।