२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

मेलमिलापको नीति समाज रूपान्तरणमा सधैँ सहयोगी

मेलमिलापको नीति समाज रूपान्तरणमा सधैँ सहयोगी

न्युयोर्क। नेपाली काँग्रेस जन सम्पर्क समिति अमेरिकाको आयोजनामा न्युयोर्कमा राष्ट्रिय मेल मिलाप दिवस मनाइएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले मेलमिलापको नीति विकास राजनीति र समाज रूपान्तरणमा सधैँ सहयोगी हुने बताए।

कार्यक्रममा अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरूको नेपाली नागरिकता सम्बन्धमा प्रस्ट नीति नेपाल सरकारबाट आउनु पर्ने माग गरे।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीर जङ्ग शाह र काँग्रेस महासमिति सदस्य कान्छा लामा लगायतले बिचार व्यक्त गरेका थिए।