२८ फाल्गुन २०८२, बिहिबार
12 March 2026, Thursday

विमान र हेलिकोप्टर आकाशमै ठोक्किएर दुर्घटना, १८ जनाको मृत्यु

विमान र हेलिकोप्टर आकाशमै ठोक्किएर दुर्घटना, १८ जनाको मृत्यु

न्युयोर्क- अमेरिकन एयरलाइन्सको विमान र अमेरिकी सेनाको हेलिकोप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।
अमेरिकाको रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा उक्त दुर्घटना भएको थियो।

आपतकालीन उद्धार टोलीले १८ वटा शव फेला परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए। यसैगरी सेनाको हेलिकोप्टरमा तीन जना थिए।

सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए। विमानको टुक्रा नदीमा फेला परेको बताइएको छ। हेलिकोप्टरको भग्नावशेष पनि नदी नजिकै फेला परेको छ।