“नेपाली भाषा कक्षा दीक्षान्त समारोह २०२४” लङ्ग आईल्यान्ड्मा सम्पन्न
- १७ पुस २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कले नेपाली भाषा कक्षामा संलग्न विद्यार्थीहरुलाई दीक्षित गर्दै विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ।
डिसेम्बर २८,२०२४ शनिबारको दिन हिक्सिभिल स्थित लेभिटाउन सामुदायिक भवनमा सम्पन्न उक्त कार्यक्रममा NRN ICC बाट दुर्गेश कार्की , डा. हरि दाहाल, NRNA का दिवाकर पाण्डे, LINS का बर्तमान सल्लाहकार भुबन श्रेष्ठ , तेज बहादुर शाही र खेमन्त सिखं ( हेमन्त) सहभागी थिए । निवर्तमान सचिब नरेन्द्र सुवेदी, डा. मेदनी प्र. संग्रौला, केदार प्र.कट्टेल र रबिन संग्रौलाकाे उपस्थिति रहेको थियो।
डा. पिपलमणि सिग्देलको प्रमूख आतिथ्यता र अध्यक्ष श्री कुल प्र. गौलि ( राजन) को अध्यक्षता रहेको थियाे । कार्यक्रमलाई महासचिव राजेन्द्र कार्कीले सञ्लचान गरेका थिए। संस्थाकी उपाध्यक्ष इन्दिरा सिंखडाकाे स्वागत मन्तव्य नेपाली भाषा कक्षाकी संयोजक साबित्रा सिबाकोटी , शिक्षिका सुनिता खनालले नेपाली भाषा कक्षा अति उपयोगी र भौतिक कक्षामा लैजानु पर्नेमा जोड दिएका थिए।
त्यस्तै शिक्षिका साबित्रा सिबाकोटी , इन्दिरा सिंखडा, सुनिता खनाल र सुस्मिता भण्डारी लगायत प्राविधिक विज्ञ र स्वयंसेवकहरु डा.हरि दाहाल, डा. मेदनी प्र. संग्रौला, दिपक अधिकारी , रबिन संग्रौला लगायत विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरु र कक्षामा सहभागी सबैलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

लङ्ग आइल्याण्ड नेपाली समाजको यो प्रयासले अमेरिकामा जन्मिएका बाल- बालिकाहरु नेपाली भाषामा बोल्न मात्र हैन लेख्न र पढन सक्ने अवस्थामा पुगेका छन्। नेपाली भाषाको मोह नयाँ पीडीमा जगाउन सस्थाले सञ्चालन गरेको नेपाली भाषा कक्षा अति नै उपयोगी र गुणस्तरीय रहेको पाइएको छ।

प्रमूख अतिथी डा. पिपलमणि सिग्देलले उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र र आफूद्वारा लिखित पुस्तक आँकुरापुञ्ज
´ प्रदान गरेका थिए।
संस्थाले नेपाली भाषा कक्षा निरन्तर रुपमा सञ्चालन गर्ने र आउदा दिनहरुमा अझ बढी विस्तार पाउने अध्यक्ष गौलीले जानकारी दिए।
बेगम पण्डित, न्यूयोर्क संवाददाता