न्युयोर्क : अमेरिकामा ‘स्वस्थानी ब्रतकथा महोत्सव’ सुरु भएको छ। जनवरी १३ बाट एक महिने स्वास्थानी ब्रतकथा शुरुभएसँगै महोत्सव पनि सुरु गरिएको हो ।
एक महिना चल्ने उक्त व्रतकथाको सुरुवात पन्चकन्यालाई पन्चेबाजा ध्वानी मार्फत स्वागत गरेर गरिएको थियो । पन्चेबाजाको सुदुरपश्चिम समाजका अध्यक्ष दान बिष्टको नेतृत्वमा व्यवस्था गरिएको जनाइएको छ ।
उक्त कार्यक्रममा चर्चका पास्टर , न्युयोर्क सिटि मेयर अफिसका प्रतिनिधि , काउन्सिल म्यान तथा एसेम्बली म्यान जस्ता विदेशी प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा जनसम्पर्क , गोरखा समाज, धादिड समाज , सुदुर पश्चिम समाज , प्रवासी मन्च , जमैका समाज , काभ्रे समाज , गीरिजा फाउन्डेशन , बाग्लुङ समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि उत्तिकै बाक्लो उपस्थिति थियो।
अन्य भक्तजनको उपस्थितिले हल खचाखच भरिएको थियो । कार्यक्रमका लागि झण्डै १५ ओटा नेपाली संघ संस्थाहरूले अफिसियल्ली निर्णय गरेर एकाकार तथा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रमको क्रममा उपस्थित विदेशी पानाहरूले परम्परा संस्कृतिको लागि रिजयुड नेपाली समाजले मारेको फड्को , कार्यसमितिको त्यग र समुदायको क्रेजको बारेमा खुलेरै प्रशंसा गाएका थिए । एक महिना चल्ने उक्त स्वास्थानी ब्रतकथा वाचन द्वय आचार्य गुरु दिपक खरेल र उद्धव शास्त्री ज्युबाट हुनेछ ।
कार्यक्रमको मुख्य संयोजन तुलसी आचार्य , लेखा संयोजन हरि के सी , करन चन्द, अनुप शर्मा अतिथि निमन्त्रणा तथा बजार व्यवस्थापन संयोजन नबिन अधिकारी , पुष्पा गौतम, स्वागत संयोजन ममता पन्थी , भोलेन्टिअर संयोजन अमित पाण्डे, प्रसाद व्यवस्थापन संयोजन मोहन गौतम , भजनकृतन संयोजन गोपी ढुड्गना , हल व्यवस्थापन संयोजन राम कृण्ण बर्तौला तथा बाहिर संघ संस्था संयोजनमा अमित शाह ज्यू रहेका छन्।

सम्पुर्ण कार्यक्रमको निरीक्षण , निर्देशन र सल्लाहमा संस्थाका अध्यक्ष श्री राजेश भट्टलाई सुम्पीएको टाउनहल मिट्डबाट जानाकारी गराइएको छ ।
घरदेश र परदेश जोड्ने एक महत्त्वपूर्ण अस्त्र परंपरा , धर्मसंस्कार भएको जनाउँदै यस्ता कार्यक्रम मनाइने आयोजकले जनाएको छ।
