२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

डा. शेखर कोइरालाको बेलायतका पूर्वविदेशमन्त्री जेम्ससँग भेटवार्ता

डा. शेखर कोइरालाको बेलायतका पूर्वविदेशमन्त्री जेम्ससँग भेटवार्ता

न्युयोर्क- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन्।

बेलायत भ्रमणमा रहेका समयमा कोइरालाले संसद् भवन (हाउस अफ कमन्स) मा जेम्स क्लेभर्लीसँग भेटघाट गरेका हुन्। भेटमा कोइराला र क्लेभर्लीका बीच नेपाल-बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जानकारी दिएको छ।

कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे। कोइराला केही समययता बेलायत भ्रमणमा निस्किएका छन्। उनले यसअघि बेलायतको संसद्‍बाट समेत सम्बोधन गरेका थिए।