२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

गायिका मेलिना राईले गरिन् बिहे

गायिका मेलिना राईले गरिन् बिहे

गायिका मेलिना राई वैवाहिक बन्धनमा बाधिएकी छिन्। शुक्रबार उनले प्रेमी ध्रुव गुरुङसँग बिहे गरेकी हुन्।

काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा उनीहरुको बिहेको समारोह चलिरहेको छ। जहाँ दुबैका परिवार र आफन्तहरुको उपस्थिति रहेको छ।

केही समयदेखि प्रेमसम्बन्धमा रहेका मेलिना र ध्रुवले हिजो मात्रै इन्गेजमेन्ट गरेका थिए। लमजुङका गुरुङ पेसाले चिकित्सक हुन्।

मेलिनाका थुप्रै गीत चर्चित छन्। उनले रैँया चाँदीको, कम्मरमाथि पटुकी, पटुकीमाथि घैला, शीरैमा शीरबन्दी, तिमीले बाटो फेर्‍यौ अरे, कुटुमा कुटु सुपारी दाना, जेल पनि सहुँला लगायतका हिट गीत गाइसकेकी छिन्।