२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते

भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते

न्युयोर्क- दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिताका क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन्।

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा यो घटना भएको हो।

छुट्टाछुट्टै घटनामा दुई साँढको पनि मृत्यु भएको जनाइएको छ। पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगंगाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ।

अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन्। साँढे मालिकहरूले सामान्यतया ठूलो भीडको उपस्थितिमा दौडपछि आफ्नो साँढेहरू संकलन गर्छन्।