७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

त्रिवेणी टाइम्सले ७ जना सञ्चारकर्मीलाई दियो ‘फस्ट कम्युनिटी मिडिया अवार्ड २०२५’

त्रिवेणी टाइम्सले ७ जना सञ्चारकर्मीलाई दियो ‘फस्ट कम्युनिटी मिडिया अवार्ड २०२५’

न्युयोर्क : अमेरिकाको न्युयोर्कबाट सञ्चालित भइरहेको त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा ७ जना सञ्चारकर्मीलाई फस्ट कम्युनिटी मिडिया अवार्ड २०२५ प्रदान गरेको छ। दुन्या ईन्टरनेशनल ग्लोबल टिभी युएसएका मन्जुर हुसेन, मेन स्ट्रिम मिडियाका हार्पित सिड टुर, बंगलादेश प्रेटिडिएन न्युजका लोभ्लु अन्सार,द चाईना प्रेसकी युयी जी, हेलो अमेरीका न्युजका सम्राट कार्की, जिएमए नेटवर्क आईएनसी का देभ लाभेन्स, अन्नपूर्ण मिडिया नेटवर्कका मनोज बस्नेत “फस्ट कम्युनिटी मिडिया अवार्ड २०२५” बाट सम्मानित भएका हुन् ।

त्रिवेणी टाइम्सले एक वर्ष पूरा गरेको उपलक्ष्यमा न्युयोर्क र आसपासमा रहि विभिन्न समुदायबीच पत्रकारितामा उल्लेख्य काम गरेर चर्चा बनाएका विभिन्न देशबाट अमेरिकामा बसोबास गर्ने विभिन्न समुदायका ७ जना पत्रकारलाई पुरस्कृत गरेको जनाएको छ। उक्त पुरस्कार त्रिवेणी टाम्सले विभिन्न समुदायमा गरेको सर्वेक्षणका आधारमा पुरस्कृत व्यक्तित्वको छनौट प्रक्रियाबाट गरेको थियो ।

कार्यक्रममा पत्रकार, प्रोफेसर , व्यापारी , संघ संस्थाका प्रतिनिधि गरी झण्डै १२० जना उपस्थिति रहेको उक्त कार्यक्रममा चाईना, फिलिपिन्स , नेपाल , बंगलादेश र गायनाको परम्परा संस्कृति झल्काउने नाचले थप रोचक बनाएको थियो । त्रिवेणी टाईम्सले आफ्नो मिडियामार्फत समुदायमा निष्ठापूर्वक सूचनाप्रवाह, जानकारी तथा खोजपुर्ण पत्रकारिता गरी उल्लेख्य योगदान हुँदा सिटि अफ न्युयोर्क मेयर कार्यालयबाट साईटेशन, एसेम्बली ओमन जेनेफर राजकुमारबाट प्रोक्लामेशन, एसेम्ली मेन स्टिभेन रागाबाट साईटेश त्रिवेणी टाईम्स परिवारलाई हस्तान्तरण समेत गरिएको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न कार्यलयका प्रतिनिधिबाट, त्रिवेणी टाईम्सले छोटो समयमा मारेको फड्को र बढाएको नेटवर्क, समुदायमा पारेको प्रभावको प्रशंसा गरिएको थिए । कार्यक्रमका शीलशीलामा कड्ग्रेस ओमन ग्रेस मेड्गबाट “त्रिवेणी टाईम्सले “आफ्नो समुदायमा उल्लेख्य योगदान गरेको महसुस गरेकाले थप हौसला स्वरुप अमेरिकन सदन कड्ग्रेसको सदस्यले पाएको हैसियत र प्रावधान अनुसार हरेक वर्ष “त्रिवेणी टाईम्स डे” हुने र मनाउने घोषणा गर्दै प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा डा. दिलिप नाथ, पुर्ण लामा, राजेश भट्ट, विभिन्न कार्यलयबाट आएका अतिथिले आफ्ना मन्तव्य समेत राखेका थिए। तीन घण्टासम्म चलेको उक्त कार्यक्रम सञ्चालन नबराज केसीले गरेका थिए।