२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई ज्ञापन

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई ज्ञापन

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड जे. ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन ।

राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरेका हुन ।

राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा नेपाल र अमेरिकाबिचको सम्बन्धले दुवै मुलुकका जनताको हितमा अझ सुदृढ भूमिका खेल्ने उल्लेख गरेका छन ।