२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

भारतमा रेल दुर्घटना मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

भारतमा रेल दुर्घटना  मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

न्युयोर्क- भारतको महाराष्ट्रको जलगांवमा बुधबार साँझ भएको एक रेलको ठक्करबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। भारतीय सञ्चारमाध्ययमका अनुसार मृत्यु हुनेमा चार महिला र नौ जना पुरुष रहेका छन्।

जलगाउँमा आगलागी भएको अफवाहपछि आफ्नो रेलबाट हाम फाल्दा नजिकैको ट्र्याकमा रहेको अर्को रेलले ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो।

दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरूले जनाएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ, जसलाई नजिकैको पचोराको स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि जलगाउँ सरकारी अस्पतालमा पठाइएको छ।

महाराष्ट्र सरकारले मृतकका परिवारलाई ५ लाख रूपैयाँ दिने घोषणा गरेको छ ।