१ असार २०८२, आइतवार
15 June 2025, Sunday

आज पनि सकिएन थुनछेक बहस, रविलाई परिवारको जिम्मा लगाइयो

आज पनि सकिएन थुनछेक बहस, रविलाई परिवारको जिम्मा लगाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहसले आज पनि अन्तिम रूप पाउन सकेन। बुधबारबाट जारी बहस आज पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ। शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका छन्।

सो प्रकरणमा पूरक अभियोग लागेका रविविरुद्धको थुनछेक बहसमा बिहीबार वादीका तर्फबाट आठ जना सरकारी वकिलले बहस गरेका थिए भने जाहेरवालाका तर्फबाट भने एक जनाले बहस गरे। बिहीबार सरकारी वकिलको बयान सकिएको छ।

उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने सर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ।