न्यूयोर्कमा लोसार चाडलाई सरकारी मान्यता, विधेयक पारित भएपछि ऐतिहासिक उत्सव
- १४ माघ २०८१
- २ मिनेटको पढाई
न्यूयोर्क : जनवरी २३ २०२५ का दिन न्यूयोर्कको सिटी काउन्सिलले (वैकल्पिक साइड पार्किङ नियम निलम्बन गर्ने भएको छ। अ देखि लोसारको पहिलो दिन न्यूयोर्कबासीले सडकमा पार्क गरेको सवारी साधन सडक सफाईको समयमा हटाउनु नपर्ने भएको हो।
अल्टरनेट साइड पार्किङ नियमअनुसार नियमित सडक सफाईको समयमा सडकमा पार्क गरिएको गाडी हटाएर अन्यत्र लगेर पार्क गर्नु पर्ने प्रावधान रहेको छ। सिटी काउन्सिलको यस निर्णयपछि लोसारको दिनमा बाटोमा पार्क गरेको अर्को ठाउँ खोजेर पार्क गर्नुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्।
सिटी काउन्सिल सदस्य जुली वनले दर्ता गरेको विधेयक बिहीबार सिटी काउन्सिलमा सर्वसम्मतिबाट पारित भएपछि हिमाली समुदायको प्रमुख चाड लोसार पनि न्यूयोर्क सिटीको अल्टरनेट साइड पार्किङमा छुट दिने चाडको रुपमा सूचीकृत हुन पुगेको हो। यस वर्षको लोसार फेब्रुअरी २८ का दिन परेको छ।
सिटी काउन्सिलको बैठकपछि काउन्सिल सदस्य जुली वन र हिमाली समुदायले सिटी काउन्सिलको प्रांगणमा ऐतिहासिक विजयोत्सव र्यालीको आयोजना गरेको थियो।‘न्यूयोर्क सिटीमा नेपाल, तिब्बत, भुटान, मंगोलिया, भारत, र अन्य देशहरूबाट आएका बौद्धहरूका लागि पहिलो र एकमात्र ASP छुट्टी हो। मेरो डिस्ट्रिक्ट र न्यूयोर्क शहर भरिका ६१ हजारभन्दा बढी न्यूयोर्कवासीहरूले तिब्बती बौद्ध नयाँ वर्ष लोसार मनाउँछन्।’ उपस्थित हिमाली समुदायलाई सम्बोधन गर्दै काउन्सिल सदस्य जुली वोनले भने, ‘यो ऐतिहासिक बिल तिब्बती र हिमाली समुदायको लागि पहिलो र विशिष्ट ASP चाड हो। हाम्रो तिब्बती र हिमाली समुदायको लागि यो विधेयक कोसेढुङ्गा पनि हो। हिमाली समुदाय सँग लोसार मनाउन पाउँदा र उनीहरूको संस्कृति सम्मान गर्न पाउँदा मलाई गर्वको अनुभूति भएको छ।’
कार्यक्रममा सिटी काउन्सिल यातायात समितिका अध्यक्ष सेलभिना ब्रुक्स पावर, भारतीय मूलका पहिलो काउन्सिल मेम्बर शेकर कृष्नन, काउन्सिल मेम्बर नार्सिस मर्सिडिस्, काउन्सिल मेम्बर, लिन्डा ली, लगायत नेपाली, तिब्बती र अन्य हिमाली समुदायका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । साथै परम पावन दलाई लामा र तिब्बती निर्वासित सरकारका सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा हिमाली सिंह नाच र तिब्बती परम्परागत नामतर गाना प्रस्तुत गरिएको थियो ।
धेरै परिषद् सदस्यहरूका साथमा लोसार मनाउने समुदायका करिब २०० सदस्यहरू ऐतिहासिक उत्सवमा उपस्थित थिए।