७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

क्रिकेटको प्रशिक्षकबाट बिदा भए मोन्टी देसाई

क्रिकेटको प्रशिक्षकबाट बिदा भए मोन्टी देसाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।

क्यानले देशाईसँग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उनको योगदानका लागि क्यानले मोन्टीलाई धन्यवाद समेत दिएको छ ।

‘धन्यवाद कोच मोन्टी ‘एक बलको लडाई’ लाई अविस्मरणीय जितमा र खुसी ड्रेसिङ रुमलाई परिवारमा परिणत गर्ने प्रशिक्षकलाई !’ क्यानले सामाजिक संजालमा लेखेको छ, ‘असंभव जस्तो लाग्ने गरी हाम्रो एकदिवसीय मान्यताको रक्षादेखि लिएर एसिया कपमा एसियाली दिग्गज भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्‍यौं, विश्वकपको मञ्चमा जोश र समर्पणका साथ नृत्य गर्‍यौं, तपाईंले नेपालको क्रिकेट सपनालाई उचाइमा पुर्‍याउनुभयो। तपाईंको विश्वास, तपाईंको मुस्कान, र तपाईंको हृदयले एउटा टोली मात्र नभई एउटा स्थायी विरासत निर्माण गरेको छ।’