२ असार २०८२, सोमवार
16 June 2025, Monday

आपराधिक लाभको ठगीधन्दा गर्दै आएका कांग्रेसका नेता मानव बेचबिखन कसुरमा पक्राउ

आपराधिक लाभको ठगीधन्दा गर्दै आएका कांग्रेसका नेता मानव बेचबिखन कसुरमा पक्राउ

काठमाडौं- अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नं. ८ स्थायी घर भएका सहोदर दाजुभाइ ताराप्रसाद खनाल र चन्द्रप्रसाद खनालले विगत केही वर्षदेखि विभिन्न खालका ठगी धन्दा सुनियोजित रुपले गर्दै आएको पीडितहरुले बताएका छन् ।

पीडितहरुले बताए अनुसार भाइ चन्द्रप्रसाद खनालले विभिन्न व्यक्तिहरुसँग विभिन्न प्रपञ्चमा पारी सही गरेको खाली चेक लिने वा गैरी कानूनी ढंगले लिने त्यसपछि आफ्नो मनमौजी करोडौं रकम आफ्नै नाम वा दाजु ताराप्रसाद खनालको नाम लेखी बैंकमा पेश गरी बाउन्स गराएर धाकधम्की दिएर पैसा असुल गर्न खोज्ने जस्ता कार्य गरेकाे पाइएकाे छ।

ताराप्रसाद खनाल नेपाली कांग्रेसको कार्यकर्ता भएकोले आफ्नो राजनीतिक पहुँचको दुरुपयोग गरी जालसाजीपूर्णढंगले पक्राउ गर्ने र मुद्दा मामिला गरी रकम अुसल गर्दै आएकाे पाइएकाे छ ।

यस स‌‌गै राम्रो कमाईकाे प्रलोभन देखाई युरोप लगाएतका ठुला राष्ट्रमा पठाउने भन्दै सर्वसाधरणबाट करोडौं रुपैया असुलेर भाइ चन्द्रप्रसाद खनाल विदेशतिरपलायन भएको बुझिएको छ।

उनी विरुद्ध मानव वेचविखन, बैंकिङ कसुर लगायतका मुद्दाहरुमा पक्राउ पूर्जी समेत जारी भएको अवस्थामा उनका दाई ताराप्रसाद खनाल भाइको कानुनी वारेसनाममा लिएर विभिन्न व्यक्तिहरुसँग भाइले उपलब्ध गराएको सही गरेको खाली चेकहरुमा आफ्नो नाम राख्दै धाकधम्की दिएर पैसा असुलीमा लागेका छन् ।

चन्द्रप्रसाद खनालले आफू काम गर्ने काठमाण्डौ स्थित एक कन्सल्टेसीको एक सञ्चालकको अन्य प्रयोजनको लागि साइन गरेर राखेको चेक २०२१ सालमा चोरी गरी दाईलाई उपलब्ध गराई ३ करोड ४५ लाख रकम उल्लेख गरी चेक बाउन्स गराएर दुख दिने र मुद्दालाई प्रभाव पार्ने नियतले कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दाको तारेखमा जाने क्रममा निज मानव बेचविखन कसुरमा पक्राउ परेका हुन । निजसँग यस्तै थुप्रै करोडौंको चेक छन् जसमध्ये २ करोड ७० लाखको चेक निजकै साथबाट प्रहरीले बरामद गरेको छ ।