अन्नपूर्ण मिडियालाई अमेरिकी कांग्रेस सदस्यको प्रशंसा
- ०३ फाल्गुन २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिका-अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन-युएसए)लाई अन्तर्राष्ट्रिय मिडिया मान्यता दिएका छन्।
उनले अन्नपूर्ण मिडिया नेटवर्कले सूचनामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निभाएको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेका छन्। उनले एएमएन-युएसएले नेपाल र अमेरिकाबीचको सम्बन्धनलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। अब अन्नपूर्ण मिडिया नेटवर्कले राष्ट्रिय स्तरमामात्रै सीमित नभइ उसले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभाव जमाउन सुरू गरेको उनले बताएका छन्।
उनले बाईस्ट्रिम एलएलसीका चेयरम्यान एड्रियन आशिष पोखरेललाई पत्र पठाएर यस कार्यका लागि अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल र अमेरिकाबीच सम्बन्ध थप प्रगाढ बनाउन खेलेको भूमिकाको प्रशंसा गरेका हुन्। ‘अन्नपूर्ण मिडिया नेटवर्कको सहयोगी संस्था एएमएन-युएसएको स्थापना नेपाली समुदायको लागि ऐतिहासिक कदम हो। यसले प्रवासी नेपालीको उत्थान गर्न र विश्वभरिका नेपालीहरूलाई जोड्ने साझा मञ्चको रूपमा काम गर्ने विश्वास लिएको छु,’ सुब्रमण्यमले पत्रमा लेखेका छन्।

विश्वसनीय समाचार, सांस्कृतिक आदान-प्रदान र विविध कार्यक्रमको माध्यमबाट नेपाल र अमेरिकाबीचको सम्बन्धलाई स्थापित गर्न पनि यसले भूमिका खेल्ने उनको भनाइ छ। ‘एएमएन-युएसएका कार्यक्रमले अमेरिकीबासी नेपालीलाई मात्र होइन, नेपाल र अमेरिकाबीचको सम्बन्धलाई मजबुत बनाउने अवसर पनि सिर्जना गर्नेछ। मिडियामार्फत गरिने यस प्रयासका लागि म अन्नपूर्ण मिडिया र एएमएन-युएसएको सराहना गर्न चाहन्छु,’ उनले भनेका छन्।
प्रवासमा रहेका नेपाली समुदायको उन्नती र विश्वभरि रहेका नेपाली समुदायलाई समृद्ध बनाउन एएमएन-युएसएसँग आफ्नो साथ र सहकार्य रहने उनले प्रतिबद्धता जनाएका छन्।