२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ओडिसा घटनाको तथ्य कुरा ल्याउन र विद्यार्थीको सुरक्षामा तत्काल पहल गर्न प्रचण्डको आग्रह

ओडिसा घटनाको तथ्य कुरा ल्याउन र विद्यार्थीको सुरक्षामा तत्काल पहल गर्न प्रचण्डको आग्रह

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्राबासमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको उल्लेख गर्दै उक्त आग्रह गरेका हुन्।

मृतक विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, “घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु।”