२८ चैत्र २०८१, बिहिबार
10 April 2025, Thursday

मेक्सिको र क्यानाडामाथि कर लगाउने ट्रम्पको घोषणा

मेक्सिको र क्यानाडामाथि कर लगाउने ट्रम्पको घोषणा

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गरेका छन् । मेक्सिको र क्यानडामा करका लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा कर लगाउने कार्य अगाडि बढिरहेको बताए।

अमेरिकासँग क्यानाडा र मेक्सिको मात्र नभई अन्य देशहरूले पनि नराम्रो व्यवहार गरेको र अमेरिकाबाट फाइदा उठाएको भन्दै उनीहरूमाथि पनि कर लगाउने जानकारी दिए । अमेरिका सबैसँग पारस्परिक सम्बन्ध चाहने भन्दै अरूले शुल्क लगाए आफूहरू पनि शुल्क लगाउने बताए।

फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानाडाबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे। विशेष गरी क्यानाडाली ऊर्जा उत्पादनहरूका लागि १० प्रतिशत कर वृद्धि गरिएको छ । फेब्रुअरी ३ मा ट्रम्पले मेक्सिको र क्यानाडाबाट आउने सामानहरूमा थप कर एक महिनाका लागि स्थगित गर्ने घोषणा गरेका थिए ।