२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान

छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विवरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही सिट खाली रहेकाले आवेदन दिन आह्वान गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि अझै केही सङ्ख्या बाँकी रहेकाले आवेदन दिन आह्वान गरेका हुन ।

“शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकामा आवश्यक सङ्ख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस जना, पोस्ट ग्रयाजुएट इञ्जिनियरिङमा सात, एग्रिकल्चरमा तीन, पीएचडी इञ्जिनियरिङमा एक, भेटेरिनरीमा एक, आइटीमा चार, मेडिकल साइन्समा दुई र कन्जरभेसनमा एक सिट अझै खालिरहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो (एक दुई दिनभित्रै) आवेदन दिनुहोला”, प्रधानमन्त्री ओलीले लेखेका छन ।

उनले निवेदन [email protected] मा इमेल गर्न आग्रह गरेका छन।