३० चैत्र २०८१, शनिबार
12 April 2025, Saturday

भारतका ६ जना पूर्वस्थल सेनाध्यक्षहरु नेपालमा

भारतका ६ जना पूर्वस्थल सेनाध्यक्षहरु नेपालमा

काठमाडौं- भारतीय सेनाका ६ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपालमा आएका छन्।

नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि पर्व तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनीहरु मङ्गलबार काठमाडौँ आइपुगेका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका मानार्थ महारथीबाट सम्मानित समेत हुनुभएका भारतीय पूर्वस्थल सेनाध्यक्षहरु जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, डा. विजय कुमार सिंह, दलवीर सिंह सुहाग, डा. मनोज मुकुन्द नरवणे, र मनोज पाण्डे नेपाल आइपुगेका हुन्।

उनीहरु बुधबार विहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी नेपाली सेनाले काठमाडौँको टुडिँखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको २६२ औँ वार्षिक उत्सव विशेष समारोहमा सहभागि हुनेछन्।

नेपाल भ्रमणका व्रmममा उनीहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।