२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

२१५२ औं स्यिङ मो डुल्लो ग्याल्पो लोसार भव्य रूपमा मनाइदै

२१५२ औं स्यिङ मो डुल्लो ग्याल्पो लोसार भव्य रूपमा मनाइदै

न्यूयोर्क – न्यूयोर्कस्थित युनाइटेड शेर्पा एसोसिएसन इंक. (शेर्पा किदुग) ले आउँदै गरेको २१५२ औं स्यिङ मो डुल्लो ग्याल्पो लोसार (सर्प वर्ष) नयाँ वर्षलाई भव्य रूपमा मनाउने तयारी गरिरहेको छ। यस अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको विशेष श्रृंखला आयोजना गरिने भएको छ।

धार्मिक तथा परम्परागत सांस्कृतिक गतिविधिहरू लगायत शेर्पा परम्परागत पोशाकमा सजिएर भव्य र्‌याली, युनाइटेड शेर्पा लोसार सांस्कृतिक कार्यक्रम तथा सांस्कृतिक सांगीतिक प्रस्तुतिसहित सम्पन्न गरिने जनाइएकाे छ। उक्त पर्वको अवसरमा पहिलो पटक बुद्धका पवित्र अस्तु धातुको दर्शनको विशेष अवसर प्रदान समेत गरिनेछ।

मुख्य आकर्षणहरूमा शेर्पा संस्कृतिमा आधारित सेब्द्रो नृत्य तथा टुङ्नाको सांगीतिक धुन, गायिका प्रविशा अधिकारीको विशेष सांगीतिक प्रस्तुतिका साथमा ख्यातिप्राप्त कोरियोग्राफर गोविन्द राईको ऐतिहासिक नृत्य प्रस्तुति रहने छ। त्यस्तै स्थानिय कलाकारकाे सांगीतिक प्रस्तुतिका साथमा शेर्पा संस्कृति केन्द्र रिग्शुङ लोप्टाबाट विशेष परम्परागत नृत्य प्रस्तुत हुने बताइएकाे छ। साथै कार्यक्रममा सहभागीहरूको लागि चिया नास्ता तथा विशेष डिनरको प्रबन्ध गरिएको छ।

कार्यक्रम शेर्पा किदुग गुम्बा, ४१-०१ टेन्जिङ नोर्गे शेर्पा वे, ७५औं स्ट्रिट, एल्महर्स्ट, NY ११३७३ मा फेब्रुअरी २८, २०२५ (शुक्रबार) र मार्च १, २०२५ (शनिबार) बिहान ७:०० बजे देखि बेलुका ८:०० बजे सम्म सञ्चालन हुनेछ।

कार्यक्रममा इच्छुक व्यक्तिहरूले सहभागिताकाे लागी टिकट शेर्पा किदुगमा प्राप्त गर्न सक्नेछन्। थप जानकारीका लागि र टिकट खरिद गर्न ७१८-७७९-७३०० मा सम्पर्क गर्न सकिन्छ।