३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

हङकङमा क्रियाशील महिलाका रूपमा करुणा श्रेष्ठ सम्मानित

हङकङमा क्रियाशील महिलाका रूपमा करुणा श्रेष्ठ सम्मानित

न्युयोर्क- हङकङमा रहेर खेलकुदको विकास, समाजसेवा तथा सौन्दर्य व्यवसायमा सक्रिय करुणा श्रेष्ठ सम्मानित भएकी छन्।

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ हङकङ (महिला मञ्च) र नेपाली महिला संघ हङकङद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो। प्रमुख अतिथि तथा वक्ताका रूपमा सहभागी हुन हङकङ पुगेकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले सम्मानपत्र प्रदान गर्दै श्रेष्ठलाई मङ्ककस्थित कम्युनिटी हलमा आयोजित भव्य समारोहबीच सम्मान गरेकि थिइन्।

हङकङमा क्रियाशील नमोबुद्ध धर्म गुम्बा, हेभेन्ली निर्माणा पाथ महिला विभाग, तमु एशोसिएसन, किराँत राई चाम्लिङ खाम्बातिम, मिसेस एचके नेपाल टिम, मगर महिला संघ, तामाङ घेदुङ लगायत संघ-संस्थाको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर श्रेष्ठलाई हङकङमा क्रियाशील नेपाली महिलाका रूपमा सम्मान गरिएको थियो। यस सम्मानले आफूलाई थप हौसला मिलेको श्रेष्ठले बताएकी छन्।

नेपालमा रहँदा राष्ट्रिय स्तरकी कबड्डी खेलाडीका रूपमा परिचित श्रेष्ठ टप माउन्टेन ताइक्वान्दो एशोसिएसन, हङकङ सितेरियो कराँतेकी फस्ट डन हुन्। त्यस्तै, उनी नेवार समाज हङकङकी संरक्षक तथा सहारा क्लब, गैरआवासीय नेपाली संघ महिला विभाग, चेम्बर अफ कमर्स र नेपाली महिला संघ हङकङकी सक्रिय सदस्यसमेत हुन्।

सौन्दर्य व्यवसायीका रूपमा समेत क्रियाशील श्रेष्ठ पछिल्लो समय अभिनय क्षेत्रमा पनि सक्रिय छिन्।