२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्यूयोर्कमा गरियो पण्डितलाई सम्मान

न्यूयोर्कमा गरियो पण्डितलाई सम्मान

न्यूयोर्क- ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा त्रिवेणी टाइम्सले एक भव्य कार्यक्रमको आयोजना गरेको छ। न्यूयोर्कको क्विन्समा सम्पन्न उक्त कार्यक्रममा विश्वभरका ९ जना विशिष्ट महिलालाई महिला उत्थानमा पुर्‍याएको अभूतपूर्व योगदानको कदर गर्दै त्रिवेणी टाइम्सले सम्मानपत्र प्रदान गरेको हाे।

विभिन्न देशबाट महिलाका हक, हित, तथा अधिकारका पक्षमा आवाज उठाउँदै अमेरिका सम्म निरन्तर प्रयत्न गरिरहेको कुरालाई सम्मानित महिलाहरूले सो कार्यक्रममार्फत स्पष्ट पारेका थिए। समाजका सबै तहमा महिलाहरूको भूमिका, प्रभाव, तथा सामाजिक परिवर्तनका बारेमा चर्चा गर्दै महिलाहरूको सशक्तिकरणका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताएका थिए।

त्रिवेणी टाइम्सका संस्थापकद्वय नवराज के.सी. र खामलाल भट्टको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा त्रिवेणी टाइम्सले पत्रकारितामात्र नभई सामाजिक परिवर्तनमा पनि उल्लेखनीय भूमिका खेल्दै आएको चर्चा समेत गरिएकाे थियाे।

उक्त कार्यक्रममा न्यूयोर्क सिटीका क्विन्सबोरो अध्यक्षले नेपाली समाजका सुप्रसिद्ध समाजसेवी तथा त्रिवेणी टाइम्सका न्यूयोर्क संवाददाता बेगम पण्डितलाई उनले पुर्‍याएको सामाजिक योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेका थिए।

पण्डित लामो समयदेखि न्यूयोर्कमा बसोबास गर्दै विभिन्न संघ–संस्थासँग आवद्ध रही नेपाली समाजको सेवामा सक्रिय रहँदै आएका छन्।