म्यानह्याटनको एक भवनमा आगलागी: एकको मृत्यु, एक गम्भीर घाइते
- २९ फाल्गुन २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- म्यानह्याटनको अपर वेस्ट साइडमा रहेको एक १५-तले भवनमा आगलागी हुँदा ४१ वर्षीय महिलाको मृत्यु भएको छ भने ७७ वर्षीया अर्की महिला गम्भीर घाइते भएकी छिन्।
न्यूयोर्क सिटी अग्नि नियन्त्रण विभागका अनुसार आगलागीको सूचना बिहीबार बिहान ३:१५ बजे प्राप्त भएको थियो। उक्त आगो १४औं तलामा सुरु भएको बताइएको छ। घटनास्थलमा ७५ भन्दा बढी अग्नि नियन्त्रक तथा आपतकालीन सेवा कर्मीहरू परिचालित भएका थिए।
सिटिजन एपमा पोस्ट गरिएको भिडियोमा ठूलो संख्यामा उद्धार टोली परिचालित भएको देख्न सकिन्छ। आगो करिब ४५ मिनेटमै नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्।
मृतक महिलाको पहिचान हालसम्म खुलाइएको छैन। प्रारम्भिक अनुसन्धानअनुसार, उनी घाइते वृद्ध महिलाको हेरचाहकर्ताका रूपमा कार्यरत रहेको हुनसक्ने अनुमान गरिएको छ।
आगलागीको कारणबारे अनुसन्धान जारी रहेको छ।