२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

ब्रुकलिनको अपार्टमेन्टमा आमा र ७ वर्षीय छोराको शव फेला

ब्रुकलिनको अपार्टमेन्टमा आमा र ७ वर्षीय छोराको शव फेला

न्युयोर्क- ब्रुकलिनमा एक दर्दनाक घटना सार्वजनिक भएको छ।

बुधबार दिउँसो २ बजेपछि, ९११ मा आएको गन्धसम्बन्धी उजुरीपछि एनवाइपिडी (NYPD) अधिकारीहरू ब्राउनस्भिलस्थित डुमोन्ट एभिन्यूको एक एनवाइसीएचए (NYCHA) भवनमा पुगेका थिए। त्यहाँ ३३ वर्षीया आमा र उनको ७ वर्षीय छोरा अचेत अवस्थामा फेला परेका थिए। उद्धार टोलीले घटनास्थलमै दुबैको मृत्यु पुष्टि गरेको छ।

न्यायिक चिकित्सकको कार्यालयले उनीहरूको मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण गर्नेछ।

हालसम्म मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।