२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

भूटानी नागरिकलाई आईसीईले गर्‍याे गिरफ्तार

भूटानी नागरिकलाई आईसीईले गर्‍याे गिरफ्तार

सिनसिनाटी— अमेरिकी आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आईसीई) ले मार्च ११ मा अवैध रूपमा अमेरिका बसेका भूटानी नागरिक रोशन तामाङलाई पक्राउ गरेको छ। तामाङविरुद्ध अन्तिम निष्कासन आदेश जारी भइसकेको थियो।

तामाङलाई गम्भीर यौन दुर्व्यवहार, पक्राउ गरिरहेका अधिकृतलाई अवरोध पुर्‍याउने, लागू पदार्थ सम्बन्धी सामग्रीको अवैध स्वामित्व, आपराधिक क्षति पुर्‍याउने तथा अनधिकृत प्रवेशजस्ता विभिन्न अभियोगमा दोषी ठहर गरिएको छ।