८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

ब्रुकलिनमा दुई भवनको बीचमा च्यापिएको व्यक्तिकाे उद्दार

ब्रुकलिनमा दुई भवनको बीचमा च्यापिएको व्यक्तिकाे उद्दार

न्युयोर्क- ब्रुकलिनमा एक व्यक्ति दुई भवनको बीचमा कसरी फसे भन्ने स्पष्ट नभए पनि अधिकारीहरूले उनलाई उद्दार गरेका छन्।

मंगलवार बिहान ४ बजेभन्दा केही अगाडि उद्धारकर्ताहरूलाई एक व्यक्ति भवनमा च्यापिएको जानकारी प्राप्त भएको थियो। घटनास्थल ब्रुकलिनको बुशविक क्षेत्रको नाइकरबोकर एभिन्यूमा रहेको थियो।

उद्दारकर्मीहरू पुगेपछि ती व्यक्तिलाई दुई भवनको साँघुरो खाली ठाउँमा फसेको अवस्थामा फेला पारे। ती व्यक्ति करिब ३० वा ४० वर्षको उमेर समूहका रहेको अनुमान गरिएको छ।

प्रहरीका अनुसार उनी त्यहाँ खसेका वा आफैं हाम फालेका हुन सक्छन्, तर यसबारे यकिन विवरण सार्वजनिक भएको छैन। घटनामा कुनै आपराधिक संलग्नता नरहेको प्रहरीले जनाएको छ।

उनकाे खुट्टामा चोट लागेका कारण अस्पताल लगिएको छ।