२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

स्टेटन आइल्यान्डको लन्ड्रीमा कार ठोक्किँदा ७ जना घाइते

स्टेटन आइल्यान्डको लन्ड्रीमा कार ठोक्किँदा ७ जना घाइते

न्युयोर्क- स्टेटन आइल्यान्डको एक लन्ड्री पसलमा कार ठोक्किँदा सात जना घाइते भएका छन्।

स्थानिय अधिकारीहरूका अनुसार यो दुर्घटना साँझ ७ बज्न केही मिनेट अघि म्यारिनर्स हार्बर छिमेकको साउथ एभिन्यु, रिचमन्ड टेरेस र आर्लिङ्टन प्लेसको बीचमा रहेको लन्ड्री पसलमा भएको हो।

घाइते सात जनालाई रिचमन्ड युनिभर्सिटी मेडिकल सेन्टरमा लगिएको छ। प्रहरीका अनुसार उनीहरूको चोट ज्यानलाई खतरा हुने खालको छैन।

अहिलेसम्म कुनै पनि पक्राउ परेका छैनन्, र चालकविरुद्ध कानुनी कारबाही हुने वा नहुने विषय स्पष्ट भइसकेको छैन। प्रहरीले भनेअनुसार चालक घटनास्थलमै बसेर अनुसन्धानमा सहयोग गरिरहेका छन्।