७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

अमट्र्याक नर्थइस्ट रिजियोनल ट्रेनमा सम्भावित दादुरा संक्रमणको चेतावनी

अमट्र्याक नर्थइस्ट रिजियोनल ट्रेनमा सम्भावित दादुरा संक्रमणको चेतावनी

न्युयोर्क- वासिङ्गटन, डी.सी. स्वास्थ्य विभाग (DC Health) ले हालै जारी गरेको एक चेतावनीअनुसार, राजधानीका विभिन्न स्थानमा घुमफिर गरेका एक व्यक्तिमा दादुराको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य अधिकारीहरूले वासिङ्गटनको युनियन स्टेशन, एडम्स मोर्गनस्थित मेडस्टार अर्जेन्ट केयर, साथै मार्च १९ तारिख राति ७:३० बजे देखि १:३० बजे सम्म दक्षिणतर्फ गइरहेको अमट्र्याक नर्थइस्ट रिजियोनल १७५ ट्रेनका यात्रुहरूलाई सम्भावित दादुरा संक्रमणको जोखिमबारे सतर्क रहन आग्रह गरेका छन्।

नर्थइस्ट रिजियोनल ट्रेनहरू प्रायः बोस्टनको साउथ स्टेशनबाट सुरू भएर न्यू हेभन, न्यूयोर्क-पेन्न, नेवार्क-पेन्न, नेवार्क एयरपोर्ट हुँदै वासिङ्गटन, डी. सी. सम्म आई-९५ मार्ग हुँदै यात्रा गर्छन्।

न्यूयोर्कबाट वाशिङ्टन गइरहेको ट्रेन १७५ मा यात्रा गरिरहेका एक व्यक्तिमा दादुरा संक्रमण पुष्टि भएपछि डी.सी. स्वास्थ्य अधिकारीहरूले रेल सेवा प्रदायकलाई यसबारे जानकारी गराएका थिए। अमट्र्याकले उक्त ट्रेनका यात्रुहरूलाई सम्भावित जोखिमबारे सूचित गरिरहेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार, दादुरा एक अत्यधिक संक्रामक रोग हो, जसका लक्षणहरूमा ज्वरो, सिंगान बग्ने, खोकी लाग्ने र शरीरभरि रातो दाग देखिनु पर्दछन्।

NBC न्यूयोर्कले यस विषयमा थप जानकारीका लागि डी.सी. स्वास्थ्य अधिकारीहरूसँग सम्पर्क गरिरहेको छ।