१ असार २०८२, आइतवार
15 June 2025, Sunday

अन्नपूर्ण पोस्ट्को केन्द्रिय कार्यालयमा आगजनी

अन्नपूर्ण पोस्ट्को केन्द्रिय कार्यालयमा आगजनी

काठमाडौं : अन्नपूर्ण पोस्ट्को कार्यालयमा आगजनी प्रयास गरिएको छ। तीनकुनेस्थित कर्पोरेट टावरमा रहेको अन्नपूर्ण पोस्ट्को कार्यालयमा राजावादी समर्थित प्रदर्शनकारीले आगजनी प्रयास गरेका हुन्।

कार्यलयको पहिलो तलामा आगो लगाउने प्रयास गरेको र ढुगंमुढा प्रहार गरि कार्यलयका सबै तलाका झ्याल ढोकाहरुमा क्षति पुगेको तर मानविय क्षति भने नभएको अन्नपूर्ण मिडिया नेटर्वकका महाप्रबन्धक मनोज बस्नेतले जानकारी दिए।

प्रदर्शनकारीले कार्यालयमा आगजनी गरेपछि सुरक्षा गार्डहरूले निभाएका थिए। त्यसअघि प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीको ढुंगामुढाबाट कार्यालयमा क्षतिसमेत पुगेको छ।