२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

यी हुन् काठमाडौंमा कर्फ्यू आदेश जारी भएका क्षेत्रहरु

यी हुन् काठमाडौंमा कर्फ्यू आदेश जारी भएका क्षेत्रहरु

काठमाडौं – राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ ।

मिति २०८१।१२।१५ गते अपरान्ह ४:२५ बजेदेखि मिति २०८१।१२।१५ गते रातीको लागि कर्फ्यू आदेश जारी भएको हो ।