२६ चैत्र २०८१, मङ्लबार
8 April 2025, Tuesday

“उत्तरी सिमानामा बढ्दो संकट: मानव तस्करी रोक्न एआई प्रविधिको सहारा लिँदै अमेरिका”

“उत्तरी सिमानामा बढ्दो संकट: मानव तस्करी रोक्न एआई प्रविधिको सहारा लिँदै अमेरिका”

न्युयोर्क- अमेरिका–क्यानडा सिमानामा चुपचाप फैलिंदै गएको मानव तस्करी र आपराधिक गतिविधिलाई रोक्न विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (AI) जस्ता प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।

डाटा-टू कम्पनीका संस्थापक तथा पूर्व अमेरिकी एयरफोर्स सदस्य जोन ब्र्युटनका अनुसार, उत्तरी सिमानामा अवैध आवागमन, लागूपदार्थ ओसारपसार, र आतङ्ककारी सूचीमा रहेका व्यक्तिहरू भेटिनु चिन्ताजनक बन्दै गएको छ।

सन् २०२४ मा मात्रै सिबीपीको स्वन्टन सेक्टरमा १५,००० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्, जुन विगत १३ वर्षभन्दा बढीको आँकडालाई नाघ्ने संख्या हो।

ब्र्युटनले उत्तरी सिमानाको जटिल भौगोलिक अवस्थालाई ध्यानमा राख्दै AI प्रयोग गरेर निगरानी प्रणाली, रडार, जलमार्ग निगरानी, र ओपन-सोर्स इन्टेलिजेन्सलाई सुधार गर्न सकिने बताए। उनले भने– “AI ले सिमानाको सुरक्षा मात्र होइन, गोपनीयता पनि सुरक्षित गर्न सक्दछ। राम्रो डिजाइन गरिएको AI बाट प्रभावकारी सुरक्षा र पारदर्शिता दुवै सुनिश्चित गर्न सकिन्छ।”

यसैबीच, ट्रम्प प्रशासनले क्यानडाबाट हुने आप्रवासन र फेन्टानिल ओसारपसार रोक्न क्यानाडामाथि २५% आयात कर लगाएको छ, भने ऊर्जा स्रोतमा १०% मात्र कर लगाइने जनाएको छ।