लस एञ्जलसको व्यस्त बजारमा मिनीभ्यान भीडमा पस्यो, कम्तीमा ९ घाइते
- २६ चैत्र २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको लस एञ्जलसको व्यस्त ‘फेसन डिष्ट्रिक्ट’ क्षेत्रमा आइतबार दिउँसो एक मिनी भ्यानले भीडमा पसेर कम्तीमा ९ जनालाई घाइते बनाएको छ।
घटना दिउँसो ३:१५ बजे तिर “Santee Alley” नजिक भएको थियो।
घाइतेहरूमा तीनजना बालबालिका (८, ११, र १७ वर्ष) र चारजना महिला (५४, ६५, ३०, र २३ वर्षीया) छन्, जसलाई अस्पताल पुर्याइएको छ। थप दुई २३ वर्षीया महिलाहरूले उपचार नलिई अस्पतालबाट छुट्टी लिएको जनाइएको छ।
मिनीभ्यान एउटा पाटियो भत्काएर अड्किएको अवस्थामा भेटिएको छ।
अहिले घटनाको कारण खुल्न बाँकी छ भने अनुसन्धान जारी रहेको लस एञ्जलस फायर डिपार्टमेन्टले जनाएको छ।
—