२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

डोमिनिकन गणराज्यको नाइट क्लबमा छानो खस्दा चर्चित गायक, पूर्व एमएलबी खेलाडी र प्रसिद्ध डिजाइनरको निधन

डोमिनिकन गणराज्यको नाइट क्लबमा छानो खस्दा चर्चित गायक, पूर्व एमएलबी खेलाडी र प्रसिद्ध डिजाइनरको निधन

न्युयोर्क- डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिङ्गोस्थित प्रसिद्ध जेट सेट नाइट क्लबमा छानो खस्दा कम्तीमा ७९ जनाको मृत्यु र १५५ जना घाइते भएका छन्। मेरेंग संगीत कार्यक्रम चलिरहेको बेला घटना भएको हो, जहाँ धेरैजसो विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

यो दुर्घटनामा प्रसिद्ध मेरेंग गायक “रुब्बी पेरेज”, पूर्व एमएलबी खेलाडीहरू “अक्टाभियो डोटेल” र “टोनी ब्लांको”, मोन्टेक्रिस्टिकी गभर्नर तथा नेल्सन क्रुजकी बहिनी “नेल्सी क्रुज”, र चर्चित फेसन डिजाइनर “मार्टिन पोलाङ्को” लगायतको मृत्यु भएको पुष्टि भएको छ।

घटनापछि उद्धार कार्य जारी छ भने अधिकारीहरूले पीडित र बाँचेकाहरूको सूची सार्वजनिक गरिरहेका छन्। सामाजिक सञ्जालमा युवा राजनीतिज्ञ “ब्राय भार्गस” ले आफू घटनास्थलमा नभएको तर उद्धारमा सहयोग गरेको बताएका छन्।

यो घटना देशका लागि ठूलो सांस्कृतिक र मानवीय क्षति भएको मानिएको छ।