२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

बानाको अध्यक्षमा जितेन्द्र गुरुङ निर्वाचित

बानाको अध्यक्षमा जितेन्द्र गुरुङ निर्वाचित

बाल्टिमोर- मेरिल्याण्डको बाल्टिमोरस्थित नेपाली संस्था ‘बाल्टिमोर एसोसिएसन अफ नेप्लिज् इन अमेरिका (बाना)’ को नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनमा जितेन्द्र गुरुङ अध्यक्षमा निर्वाचित भएका छन्। उनकाे टिमले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, र कोषाध्यक्षसहित १० पदमा जित हात पारेको छ।

जितेन्द्र गुरुङले १,१६१ मत ल्याउँदै अध्यक्षमा विजयी भए भने सलिन बस्नेत महासचिवमा १,००१ मत ल्याएर निर्वाचित भए। यसैगरी, वरिष्ठ उपाध्यक्षमा जनक थापा, उपाध्यक्षमा ब्रजेश महर्जन, सचिवमा सुशील खत्री, र कोषाध्यक्षमा संजु डंगोल विजयी भए।

कार्यसमिति सदस्यमा १४ जनामध्ये ११ जना जितेन्द्रको टिमबाट, २ जना कोशिश टिमबाट, र १ जना भारती टिमबाट विजयी भएका छन्।

बाना नेपाली समुदायको सबैभन्दा पुरानो संस्था मानिन्छ, जसमा झण्डै ५,००० सदस्य छन्। यसपालिको निर्वाचनमा २,६७३ जनाले मतदान गरेका थिए। गुरुङको स्थायी ठेगाना पर्वत हो र उनी विगत एक दशकदेखि बाल्टिमोरमा बस्दै आएका छन्।